बर्दघाट बरुवा त्रिवेणी सडकमा बढी भाडा असुल्ने गरेका यात्रुको गुनासो





परासी । बर्दघाट बरुवा हुदै त्रिवेणी जाने सडकखण्डमा संचालन हुने सवारी साधनहरुले बढि भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन् ।
पहिला कच्ची बाटो हुंदा लाग्ने भाडा बाटो पुर्ण रुपमा पिच भैसक्दा पनि भाडा नघटाएको यात्रुहरुको भनाई छ । आफुहरुले पटक पटक अनुरोध गर्दा पनि गाडिवालाले भाडा समायोजन नगरेको भन्दै सो सडक भएर यात्रा गर्ने यात्रुले गुनासो गरेका हुन् ।
बर्दघाटदेखि महलबारी करिव १५ किलोमिटर पक्की सडकमा यात्रुले ७० रुपैयां भाडा तिर्न बाध्य भएका छन् । उता बर्दघाट गोपीगञ्ज, बेलाटारी हुदै कुडिया सम्म यात्रा गर्ने यात्रुले भने करिव १९ किलोमिटर दुरीमा ६० रुपैया भाडा तिर्ने गरेका छन् ।
करिव ४ किलोमिटर दुरी कम पर्दा उल्टै १० रुपैयां गाडिभाडा महङ्गो तिर्नुपरेको यात्रुहरुको भनाई छ ।
भाडा दर महङ्गो हुंदा दैनिक रुपमा आवतजावत गर्ने यात्रुहरुलाई निकै मर्का पर्ने गरेको छ ।
आफुहरुले पटक पटक गाडिवाला संग भाडा घटाउनका लागि आग्रह गरे पनि भाडा नघटाउदा आफुहरु मर्कामा परेको भन्दै महलबारीका स्थानियले उचित भाडादर कायम गर्नका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । सडक पूर्ण रुपमा पक्कि भैसकेपछि पनि कच्चि सरह भाडा अठाउन जायज नहुने स्थानीय राम किसुन महतोले बताए ।
स्थानीयले तत्काल भाडा समायोजन नभए संघर्षमा उत्रिने बताएका छन् ।




सम्बन्धित
Loading...