नवलपरासीको बर्दघाटको गेष्टहाउसमा यौनधन्दा, गेष्ट हाउस सञ्चालकलाई मानव वेचविखनको मुद्दा


रामकुमार श्रेष्ठ
नवलपरासी, १३ माघ ।





नवलपरासीको बर्दघाट नगरपालिकामा प्रहरीले छापा मार्ने क्रममा बर्दघाटको गेष्ट हाउसमा यौनधन्दा हुने गरेको तथ्य बाहिर आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार बर्दघाट नगरपालिका १० ग्लोबल चोकमा माउन्टेण्ट गेष्ट हाउसमा प्रहरीले छापा मार्ने यौनधन्दा हुने गरेको पाइएको हो ।
प्रहरीले गेष्ट हाउस सञ्चालक किसन सापकोटलाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार मुद्दामा मुद्दा चलाइएको उनले बताए ।
प्रहरीले छापा मार्ने क्रममा दुई जना महिलालाई गेष्ट हाउसमा आपत्तिजनक अवस्थामा पक्राउ गरेका र उनीहरुले गेष्ट हाउस सञ्चालकले होटलमा खाना पकाउन, भाडा माझ्न काम गर्न बोलाई जबरजस्ती यौनव्यवसायमा लाग्न बाध्य बनाएको बयान दिएको थापाले जानकारी दिए ।







सम्बन्धित
Loading...