वन्यजन्तुको आतकं रोक्न रेडियो !

121







विवेक भण्डारी,
नवलपरासी, १३ माघ ।


हामी रेडियो केको लागि बजाउँछौं ? गीत सुन्न, समाचार सुन्न वा स्थानीय बजार बुझ्न यस्तै यस्तै उत्तर आउँला सामान्यतया सबैको ।
बढीमा कतिपयले टाइमपास गर्न रेडियो सुन्छ भन्लान् तर नवलपरासीमा निकुञ्ज आसपासका बासिन्दाले भने वन्यजन्तुको आक्रमण रोक्न रेडियो बजाउन थालेका छन् ।
सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य यही हो । त्यसो त अझै पनि कुखुरा पालक किसानहरुले बाहिरको होहल्ला कुखुराको खोरसम्म जान नदिनका लागि कुखुराको खोरमा ठूलो आवाजमा रेडियो बजाएर छाड्छन् । किसानले यसको सफल अभ्यास गरेको लामै समय भयो । तर, अहिले त्यही ठूलो आवाजको रेडियो वन्यजन्तुको आतंक रोक्न काम लागेको छ ।
देवचुली नगरपालिकाका बसन्त पोख्रेल अहिले राति ८, ९ बजेपछि आफ्नो बारीको बीचमा रेडियो लान्छन् र ठूला आवाजमा बजाएर छाड्छन् । उनले भने – रेडियोका आवाज मान्छे बोलिराखेझै मानेर होला, रेडियो बजाएर छाडेको दिन खेतबारीमा वन्यजन्तुले नोक्सान पारेको हुँदन ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकै खेतबारी भएका पोख्रेललाई पहिला आफ्नो बारीमा लगाएको अन्यबाली चितवन राष्ट्रिय निकुञ्जबाट आउँने बदेल, गैडा, बाँदर लगायतका जनवारले खाएर सताउने गर्दथ्यो । अहिले ठूलो आवाजमा रेडियो बजाएर छाडिदिने गरे पनि जंगली जनवारले नसताएको उनले बताए ।
उनले सांझ ८, ९ बजेदेखि विहान उज्यालो नहुँदासम्म बजाएर राखिदिने गरेको बताए । पोख्रेलले भने – अहिले हाइसन्चो भएको छ । जंगली जनवार हाम्रो गहना हो त्यसलाई क्षति पुराउन पनि भएन त्यसैले यस्तो जुक्ति लगाको काम भयो ।
पोख्रेलले प्रयोग गरेको जुक्ति अहिले धेरैले प्रयोग गर्न थालेका छन् । खेतमा नमान्छे हुन्छ न त कुनै घर तर पनि निकुञ्ज नजिक खेत बारी भएका प्रायले अहिले रातिको समय ठूलो आवाजमा जंगली जनवारलाई त्यहाँ मान्छे भएको भान पार्न रेडियो बजाएर छाड्ने गरेका छन् ।
देवचुली नगरपालिकाकै वडा नम्बर २ मा बस्ने नारायण भण्डारीले पनि आफूले पनि खेतमा जंगली जनवारको आतंक रोक्न रातिको समय रेडियो बजाएर छाड्ने गरेको बताए ।
निकुञ्जबाट निस्कने जनावरले पूर्व नवलपरासीको दक्षिण क्षेत्रमा बालीनालीमा मात्र नोक्सान पुर्याउने नभई कहिले काँही मानवीय तथा जनधनमा पनि क्षति पुर्याउने गरेको छ ।
यहाँ रहेका मध्यवर्तीहरुले निकुञ्जको जंगली जनवार गाउँ नपसोस भनेर शुरुमा कांडेतारबार गरे त्यो सफल भएन त्यस पछि विद्युतीय झड्का दिने तारबार गरे तर त्यो पनि सफल नभएपछि निकुञ्ज र मानववस्ती बीच दुरी कायम राख्न वालपर्खाल नै लगाउन शुरु गरेको छ ।



You might also like
Loading...