नवलपरासीका चिनी कारखाना सञ्चालनमा, सरकारले निर्धारण गरेको मूल्य भने मान्न आनाकानी
नवलपरासी, १३ माघ ।
आजदेखि नवलपरासीका चिनी कारखानाहरु सञ्चालनमा आएका छन् ।
लामो समय देखि मिल संचालन गर्न आनाकानी गर्दै आईरहेको पश्चिम नवलपरासीका चिनिमिल संचालकहरु मिल संचालन गर्न सहमत भएपछि चिनी मिल सञ्चालनमा आएको हो ।
सुस्ता गाउपालिकामा रहेको बागमति सुगर मिलले आजदेखि उखु खरिद कार्य शुरु गरेको छ । उखु क्रसिंग गर्ने समयको अढाई महिनापछि बागमति सुगर मिलले उखु खरिद शुरु गरेको हो ।सोमबार देखी कारखाना सञ्चालन गर्ने गरि आजदेखि उखु किसानका उखु खरिद कार्य सुरु गरेको कारखाना सञ्चालक राम थापाले जानकारी दिए ।
उखु किसानहरुको पिडा र बेदनालाई मध्य नजर गर्दै किसानको पक्षमा नै कारखाना सञ्चालन गरिएको सञ्चालक थापाले बताउनुभयो । उखुको मुल्य र चिनिको मुल्यको विषयमा पछी सहमति र सहकार्य गर्ने गरि हाल उखु किसानमा देखिएको अन्यौलतालाई अन्त्य गर्नेगरि चिनि कारखाना सञ्चालन प्रकृया अगाडि बढाइएको थापाले बताए ।
शुक्रबारदेखि किसानलाई पुर्जी वितरण गर्न सुरु गरेको बाग्मती सुगर मिलले आइतबारदेखि उद्योग सञ्चालन गर्ने सूचना टाँस गरेको थियो ।
त्यसैगरी प्रतापपुर गाउपालिकामा रहेको ईन्दिरा सुगर मिल पनि आजैबाष्ट सञ्चालनमा आउको छ ।
उखु क्रसिङ्गको सिजन २ महिना ढिला हुंदा किसानको उखै खेतमै सुक्न थालेपछि किसानहरु निक्कै चिन्तित भएका थिए ।
स्थानीय तहसँगको छलफल पछि चिनी मिल सञ्चालकहरु मिल सञ्चालनका लागि तयार भएका हुन् । उनीहरुले सरकारले उखुको मूल्य निर्धारण गरेसँगै चिनीको पनि मूल्य निर्धारण गरिदिनु पर्ने पक्षमा छन् ।
नवलपरासीमा लुम्बिनी चिनी कारखाना, बाग्मति सुगर मिल र इन्दिरा सुगर मिल छन् ।