कुमारवर्ती क्याम्पसको ३१ औं बार्षिकोत्सव

42












कावासोती । नवलपुर जिल्लाकै जेष्ठ कलेज कुमारवर्ती बहुमुखी कलेजले आगामी माघ १५ गते मनाउन तय भएको ३१ औ वार्षिक उत्सवको पुर्वसन्ध्यामा बिभिन्न आन्तरिक तथा बाह्य कार्यक्रम जारी राखेको छ । वार्षिक उत्सवकै अवसर पारेर आज भलिबल र शटफुट कर्यक्रम आयोजना गरिएको छ ।
आज सम्पन्न छात्रा तर्फको भलिबल खेलमा कक्षा १२ का छात्राहरु प्रथम भएका छन् भने कक्षा ११ को टिम द्धितिय भएका छन् ।
यसैगरि छात्र तर्फ स्नातक तहको टिम प्रथम , र कक्षा ११ को टिम द्धितिय भएका छन् ।
यस्तै आजै भएको सटफुट मा छात्रतर्फ बिबिएस फस्ट इएरमा अध्ययनरत बिर कुंवर प्रथम, कक्षा १२ का मिनबहादुर सोमै द्धितिय र बिए फस्ट इएरका आमोश तामाड. तृतिय भएका छन् ।
यस्तै छात्रा तर्फ कक्षा १२ की प्रिया मश्राड्.गी प्रथम,कक्षा १२ मै अध्ययनरत मुना ठाडा द्धितिय र कक्षा ११ की सुमित्रा राना तृतिय स्थानमा हासिल गर्न सफल भएकी छिन् ।
यसैगरि भोली कावासोती नगर सरसफाई कार्यक्रममा गरिने जनाईएको छ । बिहान ८ बजे कावासोती फलफुल चोकदेखी थकालीचोक सम्म सफाई गरिने जनाईएको छ ।
क्याम्पसकका बिद्यार्थीहरु प्राध्यापकहरु ,कर्मचारीहरुको सक्रिय सहभागितामा उद्योग वाणिज्य संघ, वन तथा पर्यावरण सुरक्षा गण हात्तिखोर , नेपाल प्रहरी, कावासोती नगरपालिका , नागरिक समाज , रोटरी क्लव , आम जनसमुदायको सहभागिता रहने कुमारवर्ती क्याम्पस प्रशासनले जनाएको छ ।



You might also like
Loading...