अाजकाे राशिफल विहीबार १७ माघ २०७५

44












मेष
दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ।

बृष
नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।
मिथुन
सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
कर्कट
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ।
सिंह
चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।
कन्या
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।
तुला
बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।
बृश्चिक
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। आमाको माध्यमबाट काम बन्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
धनु
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ।
मकर
नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।
कुम्भ
व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ।
मीन
मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ। दिगो फाइदा हुने कामको जिम्मेवारी हातलागी हुनेछ।


You might also like
Loading...