यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुरु


यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेर व्याटिङ गरेको युएईले आजको खेलको खराब शुरुवाती गरेको छ ।
६ ओभरको समाप्तिमा युएईको २ विकेटको क्षतिमा २ रन भएको थियो। शुरुमै खराब शुरुवात गरेको युएई अहिले भने समालिएर खेलेको छ ।
उनले १७ ओभरको समाप्तिमा अहिले २ विवकेटको क्षतिमा ४१ रन जोडेको छ ।
आईसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा युएईका दुई जना ब्याट्सम्यान कुनै पनि रन जोड्न नसकी आउट भएका छन् ।
ब्याट्सम्यान चिराग शुन्य रनमै आउट भए । करण केसीले उनको विकेट लिएका हुन् ।
यसअघि अष्फाक अहमद शुन्य रनमा आउट भएका थिए । नेपालका लागि सोमपाल कामीले विकेट लिएका थिए ।
पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा जित हात पार्दै सिरिज आफ्नो पक्षमा पार्ने नेपाली क्रिकेटको लक्ष्य रहेको छ ।
आज नेपाली टोलीमा एक सदस्य परिर्वतन भएको छ । टिममा सन्दीप जोरा आएका छन् । उनको सिरियर टिममा डेब्यू म्याच हो ।
पवन सरार्फलाई ड्रप गरिएको छ । उनले सुरुवाती दुई खेलमा मौका पाएका थिए ।







सम्बन्धित
Loading...