सुनवल र कावासोतीमा एकै साथ महोत्सव हुँदै


शोभा जिसी,
नवलपरासी ।


नवलपरासीमा एकैसाथ दुई महोत्सव सञ्चालनमा आउने तयारीमा रहेको छ । सुनवल र कावासोतीमा एकैसाथ महोत्सव शुरु हुने भएको हो । दुवै महोत्सव माघ १७ गतेबाट शुरु हुँदै छ ।
सुनवलको महोत्सव उद्योग वाणिज्य संघ सुनवल र राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा र कावासोतीमा हुने महोत्सव नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने भएको हो । दुवै महोत्सवको तयारी तीव्र पारिएको छ । माघ १७ गते देखि २८ गते हुने मेला सुनवल नगरपालिका १३ बडेरा शहिद स्मृती रंगशालामा हुने छ ।
कृषी पर्यटन उद्योग र व्यापार राष्ट निर्माणको बलियो आधार, लोक कला सस्कृतीको जगेर्ना गरौँ भन्ने मुल नाराका साथ सुनवलमा प्रथम औधोगिक ब्यापार मेला एवं लोक सस्कृतीक पर्यटन महोत्सव २०७५ हुन थालेको हो ।
उद्योग बाणिज्य संघ सुनवल, राष्टिूय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीको सयुक्त आयोजनामा महोत्सव हुने भएको उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताए ।
प्रतिष्ठानका अध्यक्ष भरत क्षेत्रीले लोक संस्कृति, जातजातिका भेषभुषा रहनसहनको संरक्षण गर्दै स्थानीय स्तरका उत्पादनलाई राष्ट्रिय स्तरसम्म प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिएको बताए ।
महोत्सवको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने छन् ।
उपराष्ट्रपति पुनले १७ गते महोत्सवको उद्घाटन गर्ने भए पनि १६ गतेनै नवलपरासी आउने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्रीले बताए । पुनले १६ गते पवित्र धार्मिक तिर्थस्थल त्रिवेणीधामको अवलोकन गर्ने र १७ गते विहान बुद्धको मावली स्थल देवदहको समेत अवलोकन गर्ने कायक्रम तय भएको क्षेत्रीले बताए ।




उपराष्ट्रपति मेलाको उद्घाटनका लागि आउने भएपछि कार्यक्रमलाई सब्य र भब्य बनाउनका लागि आवश्यक सवै तयारी गरिसकिएको उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताए । उद्घाटनमा विभिन्न जात जातिका कला संस्कृति झल्किने बृहत झांकीको समेत तयारी गरिएको छ ।
मेला अवधीभर हरेक दिन फरक फरक जात जातिको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीने र महोत्सव स्थलमा विभिन्न जात जातिका पहिचान झल्किने घरहरु निर्माण गरी जातजातिहरुका खाजा तथा खानाका परिकारहरु समेत राखिने आयोजकले जनाएको छ । मौलिक लिड्डे पिङ र चर्खे पिड्ड संगै बाल उद्ययन, घोडा, उट सवारसंगै मनोरम पोखरीमा डुड्डा सयरको आनन्द लिन सकिने छ ।
त्यसैगरी माघ १७ गतेबाट हुने नवलपुर महोत्सवको तयारी तिव्र पारिएको छ । माघ १७ गतेबाट कावासोतीमा शुरु हुने पाँचौ नवलपुर महोत्सवमा हेलिकप्टरमा चढेर समग्र नवलपुर जिल्लाको अवलोकन गर्न पाईने भएको छ । हेलिकप्टर चढेर नवलपुर जिल्लाको अवलोकनका लागि टिकट बुकिड्ड समेत खुल्ला गरिएको छ ।

नवलपुर महोत्सवमा कृषि क्षेत्रलाई विशेष जोड दिइने भएको छ। कृषि उत्पादनको प्रदर्शन गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्ने समेत लक्ष्यसमेत आयोजकको छ।
महोत्सवको तयारी पनि व्यापक बनाईएको छ । अहिले धमाधम स्टल निर्माणका कार्यहरु भईरहेको छ ।
माघ १७ गते देखि २७ गते सम्म हुने महोत्सवमा स्थानीय उत्पादनको प्रर्वद्धन, कला, सस्कृतिको प्रर्वद्धन, नवलपुरका पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा महत्वपुर्ण भुमिका खेल्ने आयोजकको विश्वास छ ।
समग्र जिल्लाको कला संस्कृतिको पहिचान झल्काउने गरि महोत्सव स्थलमा विभिन्न जातजातिका पुख्र्यौली घरहरु पनि रहने आयोजकले जनाएको छ । महोत्सवमा यस पटक छिमेकी राष्ट्र भारतबाट पनि केही व्यापारिक स्टल आउने आयोजकले जनाएको छ।
नवलपुर महोत्सव पूर्वपश्चिम राजमार्गको थकाली चोकबाट उत्तरतर्फ कावासोती नगरपालिका ३ राममन्दिर स्थित खुल्ला मैदानमा हुन लागेको हो ।
महोत्सव अवधिभर ७ करोड रुपैयाँको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको आयोजकले ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिएको छ ।
महोत्सवबाट ७० लाख भन्दा बढी आम्दानी गर्ने आयोजकले लक्ष्य लिएको छ ।
नवलपुर महोत्सवको उपप्रधानमन्त्री एवंम रक्षामन्त्र ईश्वर पोखरेलले उद्घाटन गर्ने छन् । महोत्सवका लागि आज कावासोतीमा सरसफाई समेत गरिएको थियो ।



सम्बन्धित
Loading...