हरिबोधनी एकादशीको अवसरमा कावासोतीमा सार्वजनिक विदा



नवलपुर । हरिबोधनी एकादशीको अवसर पारेर भोलि कावासोतीमा सार्वजनिक विदा दिइएको छ ।

कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतद्वारा जारी सूचनामा भोलि हरिबोधनी एकादशीको अवसर पारेर सार्वजनिक विदा दिएको हो ।



भोलि एकादशीको दिन कावासोतीको पिठौली र गुद्रेही ढकाहामा ठूलो एकदशी मेला लाग्ने गर्दछ ।

मेलाको तयारी पूरा भएको छ । एकादशीको दिन विहानै नारायणी नदी किनारमा भक्तजनहरुले स्नान गर्ने गर्दछन् ।


सम्बन्धित
Loading...