महोत्सवका लागि परम्परागत घर बनाउन ब्यस्त आदिवासी जनजातीहरु (फोटो फिचर)


नारायण भण्डारी,
सुनवल, १४ माघ । 




माघ १७ गते देखि २८ गते सम्म बडेरा रङ्गशालामा संचालन हुन लागेको प्रथम औधोगीक ब्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सव स्थलमा आदिबासी जनजातिहरु आ आफ्ना जात जातीको परम्परागत घर निर्माण गर्न ब्यस्त रहेका छन् ।




महोत्सवकै आकर्षणको रुपमा रहेको जात जातिका घरहरु निर्माण गर्नका लागि आ आफ्ना जातजातिका सदस्हरुलाई भ्याई नभ्याई छ । महोत्सव स्थलमा थारु, मगर, गुरुङ्ग, कुमाल, तामाङ्ग र नेवार समुदायको परम्परागत घर निर्माण हुनेछ ।

महोत्सवमा आउने दर्शकले घरको अवलोकन मात्र होईन उनीहरुका जातिय खाजा तथा खानाका परिकारको स्वादद समेत लिन पाउनेछन् । अहिले महोत्सव स्थलमा स्टल निर्माण र आवश्यक अन्य संरचनाको निर्माण कार्य समेत चलिरहेको छ ।

आकर्षणकै रुपमा रहेको डुङ्गा सफारीका लागि पनि कालिगण्डकी जलविद्युत परियोजना मिर्मिको जलासयमा संचालन रहेको माईक्रोबोट ल्याउने तयारी गरिएको छ । माघ १६ गते सम्म सम्पूर्ण तयारी सम्पन्न हुने उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताए ।

अहिले सम्म १ सय ३० वटा स्टल बुक भैसकेको र अझै २० वटा स्टल बांकी रहेकोले लिन चाहनेले मेला स्थल अगाडि रहेको सचिवालष्मा सम्पर्क गर्नका लागि लोक तथा दोहोरी गित प्रपतष्ठानका अध्यक्ष भरत क्षेत्रीले बताए ।




सम्बन्धित
Loading...