ट्वान्टी ट्वान्टी क्रिकेट म्याचको उपाधी किंग सेभेनलाई


त्रिवेणी, १५ माघ । विनयी त्रिबेणी वडा नम्बर ६ र ७ को आयोजनामा भएको ट्वान्टी ट्वान्टी क्रिकेट म्याचको उपाधी किंग्श सेभेन क्रिकेट क्लब ठठिया खोलाले जितेको छ ।
मंगलबार भएको फाइनल खेलमा किंग्श सेभेन क्रिकेट क्लब ठठिया खोलाले मदार बाबा क्रिकेट टिमलाई चार विकेटले पराजित गरि फाइनल उपाधि सहित ३० हजार नगद पुरष्कार आफ्नो हात पार्न सफल भएको छ ।
मदार बाबा क्रिकेट टिमले टस जितेर पहिले ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुदै १ सय २ रन बनाउको थियो । जवाफि ब्याटिंग गर्दै किंग्श सेभेनले १९ ओभर खेल्दै ६ विकेटको क्षतिमा निर्धारित लक्ष्य हासिल गरेको थियो । खेलमा उत्कृष्ट बलिंग गरेका किंग्श सेभेनका राजेश श्रेष्ठ म्यान अफ टुर्नामेण्ट घोषित भएका थिए ।
फाइनल प्रतिष्पर्धामा ४७ रनको नटआउट रन बनाएका विशेष श्रेठ म्यान अफ म्याच घोषित भएको आयोजकले बताएको छ ।
आयोजक क्लबका अध्यक्ष विजय थापाको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । सो अवसरमा विनयी त्रिबेणी ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीले ग्रामिण भेकमा प्रतियोगिताबाट पनि उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राखेका थिए ।







सम्बन्धित
Loading...