आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै


१६ माघ, काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।




नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।

क्रान्तिवीरहरुले देखेको सपना साकारः प्रधानमन्त्री




प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं अघि क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तिको सपना साकार भएको बताएका छन् ।

शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शहीदहरुको बलिदानले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु समेत परास्त भएको भन्दै प्रसन्नता व्यक्त गरेका छन् ।




सम्बन्धित
Loading...