भरतपुरमा अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको आज औपचारिक रुपमा घोषणा


चितवन, १६ माघ। भरतपुरमा निर्माण हुन लागेको आधुनिक अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको आज औपचारिक रुपमा घोषणा हुदैछ ।
नेपालमा नै सुविधा सम्पन्न रंगशाला निर्माणको लागि धुर्मुस–सुन्तली फाउन्डेसनले जिम्मा लिदैछ । आज राष्ट्रिय सभा गृहमा दिउसो १ः३० बजे हुने सम्झौताका लागि चितवनबाट एकसय भन्दा धेरैको सहभागीता हुदैछ ।
भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा यहाँका विशिष्ठ व्यक्ति कार्यक्रममा सहभागीता जनाउनको काठमाण्डौ प्रस्थान गरेका छन् ।
भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, प्रदेश साँसदहरु, चितवनबाट प्रतिनिधि सभामा विजयी भएका साँसद, खेलसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुको सहभागीता हुने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
भरतपुर महानगरपालिका र फाउण्डेसन बीच निर्माणको लागि सम्झौता हुदैछ । काठमाण्डौको कार्यक्रमपछि चितवनमा वृहत कार्यक्रमको आयोजना गरेर यसको विस्तृत जानकारी दिने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको छेउमा रहेको २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला महानगरको वडा नं. १५ मा पर्दछ । भरतपुरबाट नजिक रहेको यो जग्गाको लागि महानगरको वडा नं. २० मा रहेको जग्गामा साटेको हो । निर्माण हुने यो रंगशालाले खेल क्षेत्रको लागि ठुलो उपलब्धी भएको क्रिकेट खेलाडी पारस खड्काले बताए ।







सम्बन्धित
Loading...