भोलिबाट नवलपुर महोत्सव यस्तो छ तयारी (फोटो फिचर)

85







कावासोती। माघ १७ गते अर्थात भोलिबाट कावासोतीमा शुरुहुने पा“चौ नवलपुर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव स्थल कावासोती –३, राममन्दिर नजिकको खेलमैदानमा अन्तिम तयारी धमाधम चलिरहेको छ । महोत्सवलाई सफलपार्नका लागि उद्योग बाणिज्य संघ सहितको टोली लागि परेको छ । महोत्सव स्थल पुग्दा साच्चै महोत्सव विशेष बन्ने अपेक्षा गर्न सकिन्छ । तयारीले यस्तै संकेत गरेको छ ।

यस अघि विभिन्न स्थानमा हुने महोत्सवमा उद्धघाटनकै दिन देखिने विभिन्न कमिकमजोरीलाई आयोजकले गम्भिर रुपमा लिएको तयारीले देखाउदछ । प्राय उद्धघाटनको दिन महोत्सव स्थलमा मञ्चबाहेकका अन्य तयारी नहुने धेरै देखिन्छ । बाल उद्यान नबन्ने,स्टल व्यवस्थापन नहुनुले गर्दा आम दर्शक जो पहिलो दिन महोत्सव स्थलमा प्रवेश गर्छन उनीहरुबाट महोत्वमा केही नभएको सन्देश प्रवाहा हुदा धेरै महोत्सव महोत्सव जस्तो नभएर हाट बजार जस्तो बन्ने गरेका उदाहरणहरू छन् । यस पटक पा“चौ नवलपुर महोत्सवमा भने यस्तो गम्भिर त्रुटि हुन नदिन आयोजक चनाखो भएको छ । ‘हामीले पहिलो दिननै महोत्सव स्थललाई साच्चै महोत्सव स्थलको रुपमा विकास गर्छौ,यहा“ कुनै तयारीको कमि हुन दिदैनौ ’आयोजक संस्था नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले भन्नुभयो ।
महोत्सव स्थल प्रवेश गर्ने स्थान थकाली चोकबाटनै यस क्षेत्रलाई महोत्सवमय बनाउन लागिएको छ । थकालि चोकबाट महोत्सव स्थल जाने बाटोमा पतकाले चिटिक्क सिंगारिएको छ । यसले दर्शकलाई साच्चै महोत्सव आकर्षण हुनेछ भन्ने सन्देश पक्कै दिने छ ।
महोत्सवको प्रवेश द्धार आसपासको क्षेत्रसमेत व्यवस्थित गरिएको छ । महोत्सवको आकर्षक प्रवेश द्धारले यस महोत्सव स्थलमा आउने दर्शकलाई स्वागत गरिरहेको छ ।
महोत्व स्थलबाट प्रवेश गर्ने बित्तिकै व्यस्थित स्टलहरुको क्षेत्र शुरु हुन्छ । आयोजकले केही लगानी व्यस्थित स्टल निर्माणमा खर्चिएको सजिलै देख्न सकिन्छ । स्टललाई टिनले छाइएको छ । अनि कपडाले त्यसलाई बेरेर आकर्षक बनाइएको छ ।
महोत्सव स्थलमा अटो मोवाईल,कृषि प्रर्वद्धन,शैक्षिक प्रर्दशनी,व्यापारिक स्टल सहित कम्तीमा दुई सय स्टल रहनेछन् ।
यसै गरी महोत्सव स्थलमा अर्को आकर्षणको केन्द्र रहनेछ बाल उद्यान । बाल उद्यानको तयारी समेत अन्तिम चरणमा रहेको छ । नवलपुरमा हुने धेरै जस्तो महोत्सवमा उद्धघाटनका दिनमा समेत उद्यानको निर्माण नहुदा दर्शकहरू खिन्न हुने गरेका थिए । नवलपुर महोत्सवमा भने आयोजकले यसमा विशेष ध्यान दिएको छ । यस पटक नवलपुर महोत्सवमा भने त्यस्तो हुने छैन् । महोत्सवको अघिल्लो दिनमा बाल उद्यानमा धेरै जसो पि¨हरू निर्माण भएको छ । यतिमात्रै होइन थरि थरिका पि¨हरू समेत थपिएको छ । यसले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने छ ।
महोत्सव स्थलमा रहेका विभिन्न जातजातिका घरहरू अर्को आकर्षणका रुपमा रहने छ । घरहरू निर्माण भइसकेका छन् । यसलाई सजावट गर्नेकाम मात्र बाँकीरहेको छ । उद्धघाटन अघि सम्ममा यसलाई सजावट गरिने छ ।
महोत्सव स्थलमा विभिन्न जातजातिका खानका परिकारहरुको स्वाद समेत चाख्न पाइनेछ । महोत्सव स्थलमा यसको समेत प्रवन्ध मिलाइएको छ ।
यसै गरी आकर्षक मञ्च निर्माणको काम समेत चलिरहेको छ । कलाकारहरुको बेजोड प्रतुती र नवलपुर डान्स आईडलले पक्कै मञ्च तताउने छन् । दर्शकले भरपुर मनोरञ्जन लिने छन् । यसका लागि दर्शक महोत्सव स्थलत पुग्नै पर्छ । महोत्सव स्थलमा सूरक्षाका लागि सि.सि. टि.भि क्यामेरा समेत जडान गरिएको छ ।
महोत्सव स्थलको अर्को आकर्षण हुनेछ हिमाल,पहाड,तराईको झल्को दिने आकृति । महोत्सव स्थलमा यसको निर्माण गरिएको छ । यसलाई सजाउने काम आजै सकिने छ । फोटो फारखिहरुलाई यस आकृतिले ध्यान केन्द्रित गर्नेमा दुई मत रहन सक्दैन । साच्चै महोत्सव स्थलमा यो बिषेश आकर्षण बन्नेछ ।

उद्घाटनमा आकशबाट पुप्पवर्षा

माघ १७ गते अर्थात भोलि हुने महोत्सवको उद्धघाटन विशेष बन्नेछ । बिहान ११ बजे कावासोती फलफुल चोकबाट विभिन्न जातजातिको झ“ाकी,पञ्चेबाजा सहितको शोभा यात्रा निस्कनेछ । जसको अघि अघि हात्ति हुनेछ,र आकाषबाट फुलको वर्षाहुनेछ ।
फलफुलचोकबाट शुरुहुने शोभायात्रामा हेलिकप्टरमार्फत आकाशबाट पुष्पवर्षा गरिने छ । पुष्पवर्षा सहित,बाजागाजा सहितको शोभायात्रा इन्द्रचोक,सभापति चोक,थकाली चोक हुँदै महोत्सव स्थलमा प्रवेश गर्नेछ ।
महोत्वको औपचारिक उद्धघाटन दिउसो २ बजेका लागि तय भएको अध्यक्ष डासुराज पोखरेलले बताउनुभयो । उद्धघाटन उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुहुने छ । उद्धघाटनका दिन विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुति समेतसँगै रहनेछ । माघ २७ गतेसम्म महोत्सवमा सास्कृतिक कार्यक्रम सहित विभिन्न कार्यक्रमहरू हुनेछन् । पा“चौ नवलपुर महोत्सव साच्चै एक सफल महोत्सव बन्नेछ भन्नेमा आयोजक पूर्णरुपमा आशाबादिरहेको छ । हामी महोत्सवमा कुनै प्रकारको कमि हुन दिनेछैनौ,महोत्सव साच्चै महोत्सव जस्तो बनाउनेछौ ’ नवलपुर उद्योग वाणीज्य संघका अध्यक्ष डासुराज पोखरेलले भन्नुभयो – अब नवलपुबासीले एकपटक महोत्सवको अवलोकन गरी साथ दिनु आवश्यक छ । उहा“ले सम्पूर्णमा महोत्सव अवलोनका लागि आग्रह समेत गर्नुभएको छ ।

You might also like
Loading...