९ जना महिलासहित ३२ जना अधिकारकर्मी पक्राउ


१६ माघ । मानव अधिकार तथा शान्ति समाजले बुधबार काठमाडौंमा प्रदर्शन गर्ने क्रममा प्रहरीले ३२ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजका कार्यक्रम अधिकृत सरिता पौडेलका अनुसार ९ जना महिला सहित ३२ जना अधिकारकर्मीलाई पक्राउ गरेको हो ।
संसद भवन नयाँ बानेश्वर अगाडि गरिएको धर्ना तथा प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, गीता तिमिल्सीना, सरस्वती ढकाल, जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आरसी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिम बहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा, सुजन पुडासैनीलाई गिरफ्तार गरेको हो ।
संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।



सम्बन्धित
Loading...