लेखनाथ न्याैपानेकाे पुस्तक चर्चा कावासाेतीमा


कावासाेती । साधना सङ्गम नवलपुरकाे अायाेजनामा लेखनाथ न्याैपानेद्वारा लिखित पुस्तक संघर्षकाे ईतिहासकाे पुस्तक चर्चा तथा पाठक प्रतिक्रिया कार्यक्रम मध्यविन्दु बहुमुखी क्याम्पस, कावासाेतीमा भएकाे छ ।



अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा ने क पा का केन्द्रीय सदस्य नेता न्याैपानेकाे पुस्तकमाथि प्रा डा धनपति काेईराला, कृण्णादेवि शर्मा, करूण लम्साल, श्रीषा शाहीले समिक्षा गर्नु भएकाे थियाे भने अनन्त अधिकारी, दिनेश के सी, उमाकान्त भूर्तेलले पाठक प्रतिक्रिया दिनुभएकाे थियाे ।

कम्युनिष्ट अान्दाेलनसंग सम्बन्धित पुस्तकमा समाजवाद, राजनीतिक अर्थशास्त्र, दर्शनशास्त्र र नेपाली विद्यार्थी अान्दाेलनका ईतिहासलाई समेटिएकाे छ ।




कार्यक्रममा ने क पा केन्द्रीय सदस्यद्वय किशन शर्मा गैह्रे र तिलक महतले पनि शुभकामना मन्तव्य दिएका थिए । संस्थाका अध्यक्ष अर्जुन अविरलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजीकरण हेमराज दाहालले गरेका थिए ।



सम्बन्धित
Loading...