भरतपुरको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोगको ओइरो


१६ माघ । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्नका लागि सम्झौता भएसँगै सहयोग जुट्ने क्रम शुरु भएको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौतामा फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार सम्झौता भएको हो । कार्यक्रममै विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरे ।
रंगशाला निर्माणका लागि एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने भएको छ । यस्तै अल्का हस्पिटलले २५ लाख, रवीराज सिंहले ११ लाख, आर एम ग्रुपका कृष्ण आचार्यले ५ लाख ५५ हजार ५ सय ५५, मुक्तिनाथ विकास बैंकबाट ५ लाख सहयोग गर्ने भएको छ ।
त्यस्तै गायक वद्री पंगेनी एक लाख १ हजार १ सय ११, प्याब्सनकी दिपिका थापाले एक लाख १० हजार, मह सञ्चारले १ लाख ५ हजार ५, हास्य टेलिश्रृंखला भद्रगोल टिमबाट एक लाख, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १÷१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
रंगशालाको लागत करिब ३ अर्ब अनुमान गरिएको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तराष्ट्र्रिय क्रिकेट रंगशाला अहिलेसम्मकै सुविधा सम्पन्न हुने छ ।
घोषणा कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उक्त रंगशालामा पहिलो पहिलो गेम भारत र पाकिस्तानलाई खेलाउने दावी गरिन् ।
यसको अर्थ हो धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउने क्रिकेट रंगशाला अन्तराष्र्टि«य मापदण्ड अनुरुपको हुने भएको छ । जुन रंगशालामा विश्वका जुनसुकै देसका खेलाडीले पनि क्रिकेट खेल्न सक्नेछन् । साथै दर्शकले पनि सुविधा सम्पन्न सिटमा बसेर क्रिकेट हेर्न पाउने भएका छन् ।
फाउण्डेशनले दिएको जानकारी अनुसार रंगशालामा मौसम अनुसार तातो चिसो वातावरणको व्यवस्था हुने छ । जाडो याममा दर्शकहरुले रंगशालाभित्र न्यानो महसुस् गर्ने छन् भने गर्मी याममा चिसो महसुस् गर्ने भएका छन् । तीन खर्ब बजेट रहेको उक्त रंगशाला अढाईवर्षमा सम्पन्न गर्ने लक्ष्य फाउण्डेशनले लिएको छ ।







सम्बन्धित
Loading...