रामग्राम स्तुपमा नयां प्रविधिको परिक्रमा पथ निर्माण हुदै


. गोपी ज्ञवाली
नवलपरासी, माघ १६ गते । भगवान गौतम बुद्धको एक मात्र अखण्डित आस्त धातु रहेको नवलपरासीको पवित्र रामग्राम स्तुपको चारै तर्फ नयां प्रविधीको परिक्रमा गर्ने पैदल परिपथ निर्माण भई रहेको छ ।
लुम्बिनी विकास कोषको आयोजनामा नवलपरासीको उजैनिमा रहेको ऐतिहासिक रामग्राम स्तुपको मुख्य गेट देखी चारै तर्फ जमिन माथि रहने नयां प्रविधिको परिक्रमा गर्ने परिपथको निर्माण कार्य भई रहेको लम्बिनी विकास कोषका योजना शाखा प्रमुख एवं ईन्जीनियर सरोज भटटराईले बताउनु भएको छ ।
जमिन खनन नगरि जमिन माथि नै बनाईने यो प्रविधि रिभर्सेवल काठको पदमार्ग बनाउन लागिएको बताईएको छ । उत्खनन गर्न बांकी रहेको पुरातात्विक महत्वको क्षेत्र भएकाले जमिनमा विना खनजोत गरिकन सिमेन्टका ब्लक, ठुलो आकारका फलाका बेसहरु र सालको काठको पटराहरु प्रयोग गरेर बनउन लागिएका विशेष प्रकारको रिवर्सेवल (हटाउन मिल्ने) पैदल मार्गको निर्माण गर्न लागिएको लम्बिनी विकास कोषका योजना शाखा प्रमुख एवं ईन्जीनियर भटटराईले बताउनु भएको छ ।
पदस्तुपाको मुख्य प्रवेश गरिने प्रवेश द्धार देखी स्तुपाको चारै तर्फको परिक्रमा गर्ने साडे तिन सय मिटरको लम्बाईको परिक्रमा परिपथ निर्माण हुन लागेको बताईएको छ । प्रवेश द्धारको अगाडी देखी स्तुपको चारै तर्फ बनाईएको पैदल मार्ग (फुट ट्रेक)को चौडाई एक मिटर ७५ सेन्टीमिटर रहेको निर्माणाधिन पैदल मार्गको काममा संलग्न लुम्बिनी विकासकोषका जुनियर ईन्जीनियर किसन विकले बताउनु भयो । स्तुप र पैदल मार्गसंग जोगिएको स्थानमा स्तुपालाई उत्तर पारेर स्तुपा देखी दक्षिण तर्फ दुईवटा प्रार्थना स्थल समेत यसैसंगै निर्माण भई रहेको विकले बताउनु भयो ।
लम्बिनी विकास कोषको एक करोड चार लाख रुपियाँको लगानी बनाउन लगिएको पैदल परिपथको निर्माण कार्य गत बैशाख देखी शुरु गरिएको हो । आगामी चैत मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरि अवरार निर्माण सेवाले परिपथ निर्माणको काम गरि रहेको लम्बिनी विकास कोषले जनाएको छ ।
ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको यस रामग्राम स्तुपमा आउने प्रर्यटकहरुलाई आवश्यक पने खानेपानी, शौचालय, विद्युत लगाएतका आधारभुत आवश्यकताहरुको समेत ब्यावस्था नहुदा पर्यटकहरुले धेरै पटक समस्या भोगने गरेका छन । यस स्तुपको अध्यन, अवलोकन र प्रार्थना गर्न चिन, भारत, थाईलैण्ड, मलेशिया, जापान लगाएतका विश्वका विभिन्न देशहरुबाट पर्यटकहरु आउने गरेका छन । पछिल्लो दुई तिन वर्ष देखी स्वादेशी सहित विदेशी पर्यटकको आउने क्रममा तिब्रता आउको छ ।
यस स्तुपलाई क्षेत्रलाई विश्व सम्पदा सुचिमा सूचिकृत गर्ने प्रयास समेत भई रहेको विकास कोषले बताएको छ ।



सम्बन्धित
Loading...