हाेसियार! तपाईं कै अाईफाेनले तपाईलाई नै जासुस गर्छ


आईफोन उत्पादक एपलले आफ्नो फेसटाइम नामक कुराकानी गर्ने एपमा प्रयोगकर्ताले कल नउठाएपनि केही समयका लागि जासुसी गर्न मिल्ने समस्या रहेको स्वीकार गरेको छ।




केही अवस्थामा आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो पनि पठाउने गरेको पाइएको छ।

एपलले यसको समाधानका लागि यही साता आइफोनको सफ्टवेएर अद्यावधिक गर्ने बताएको छ।




अद्यावधिक नभएसम्मका लागि भने एपलले फेसटाइममा एकैपटक दुई जना भन्दा बढी प्रयोगकर्ताले कुरा गर्न मिल्ने सुविधा हटाएको देखिएको छ।

प्रविधिसम्बन्धी एउटा ब्लगले सार्वजनिक गरेको उक्त समस्या दुवै प्रयोगकर्ताले १२.१ वा त्यो भन्दा नयाँ भर्सनको मोबाइल अपरेटिङ प्रणाली भएको आइफोन प्रयोग गरेको अवस्थामा देखा पर्ने बताइएको छ।

समूहमा वार्तालाप गर्दा सो एपले समूहमा निम्ताउनेबित्तिकै प्रयोगकर्ताले कल नउठाएपनि आफै मोबाइलको माइक्रोफोनलाई सक्रिय गराइदिने कारणले गर्दा यो समस्या देखिएको हो।

कल नउठेर घण्टी जान बन्द भएपछि माइक्रोफोन पुन: आफैँ बन्द हुन्छ।

कल काट्दा वा कल आइरहेको बेलामा मोबाइल फोन बन्द गर्दा भने प्रयोगकर्ताको जानकारीबिना छोटो भिडियो कल गर्ने प्रयोगकर्तालाई पठाइने सो ब्लगले बताएको छ।




सम्बन्धित
Loading...