नवलपुर महोत्सव शुरु, रक्षामन्त्रीले गरे महोत्सवको उद्घाटन (फोटो फिचर सहित)

187












नवलपरासी, १७ माघ ।
नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको नवलपुर महोत्सव विहीबारबाट शुरु भएको छ । महोत्सवको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले उद्घाटन गरेका छन् ।



महोत्सव उद्घाटन कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेश सांसद कृष्णचन्द्र नेपाली, ओमकला गौतम, पूर्व सांसद महेन्द्र ध्वज जिसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
महोत्सव उद्घाटन पूर्व कावासोतीको थाना चोकबाट विभिन्न जातजातिको भेषभुषा तथा बाजागाजा सहित महोत्सव स्थल कावासोती ३ को राममन्दिर खेल मैदानसम्म र्याली निकालिएको थियो । महोत्सव उद्घाटन कार्यक्रममा थाना चोकदेखि महोत्सव स्थलसम्म हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।


महोत्सव माघ २७ गतेसम्म चल्ने छ । कार्यक्रम नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलको अध्यक्षतामा भएको हो ।



You might also like
Loading...