डा. केसिको अनसनमा सरकार झुक्दैन: उपप्रधानमन्त्री पोखरेल
बिजय चालिसे ।
माघ, १७, कावासोती । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले अपेक्षाकृत काम गर्न नसकेको स्वीकार गर्नुभएको छ । नवलपुर उधोग बाणिज्य सङ्घको आयोजनामा बिहिबारदेखी कावासोतिमा सुरु भएको पाँचौ नवलपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले कानून नबन्दा समस्या परेको भन्दै सरकारले चाँडो कानून र संरचनामा परिवर्तन गर्न लागेको बताउनुभयो ।
अहिले सरकार मात्र परिबर्तन भएको नभै प्रणाली नै परिबर्तन भएको भन्दै त्यसअनुसार अगाडि बढ्नुपर्ने भएकाले पनि सरकारले गति लिन नसकेको उहाको भनाई थियो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, चुनाबका बेला कम्युनिस्टहरुले दुई तिहाई ल्याए भने हिंसा मच्याउछन भन्नेहरुले नै अहिले सरकारको आलोचना गरिरहेका छन् । उहाले थप्नुभयो देश तथा बिदेशमा समेत त्यस्ता बिरोधिहरु रहेको भन्दै कानुन बनेपछी बर्तमान सरकारले गरेका सबै प्रतिबद्धता पूरा गर्छ ।
उपप्रधानमन्त्री पोखरेलले केन्द्रस्तरमा निर्माण गर्नुपर्ने नीति नियम बनाउन सरकार सकारात्मक रहेको भन्दै सही सुझाव दिन सबैलाई आग्रहसमेत गरे । उपधानमन्त्री पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्रता दिने दाबिसमेत गर्नुभयो । सम्भवत फागुन मसान्त भित्र नभएपनी चैत तेस्रो सातासम्म सबै कानुन निर्माण गर्ने उहाँको भनाई छ ।
उहाले आफ्नो पार्टी नेतृत्वको बर्तमान सरकारले चुनावी घोषणापत्रलाई कार्यन्वयन गरि मुलुकलाई समृद्ध बनाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उपप्रधनमन्त्री पोखरेलले रोजगारी र उत्पादन क्षेत्रमा केन्द्र सरकारले ध्यान दिएको स्पष्ट पार्नुभयो ।उहाँले स्थानियस्तरमा रहेका पर्यटकिय क्षेत्रको पहिचान गरि सरक्षण गरेर बिकासको खुड्किलो तर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । फरक प्रसङ्गमा उहाले डाक्टर गोविन्द केसिको अनसनमा सरकार नझुक्ने स्पष्ट पार्नुभएको छ । सहमती भनेको सम्झौत हो उहाँले भन्नुभयो, सम्झौतामा कतिपय कुरा तलमाथी गरेर सहमती गर्नुपर्ने हुन्छ, केसिका सत प्रतिशत माग पूरा हुदैन । सधै नयाँ नयाँ माग राखेर आन्दोलन र अनसन बस्दैमा हुन्छ ? उहाले थप्नुभयो यसरी एक ब्याक्तीले देश चलाउन पाईन्छ ? । उद्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य एव प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीले त्रिबेणी केरला नाकाको अपग्रेड गर्नुपर्ने बताउनुभयो । उहाले जिल्लाको बिकास निर्माणमा केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सङ्घका अध्यक्ष डासुराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष पुस्प पाण्डेले राख्नुभएको थियो भने संचालन महासचिव बैकुण्ठ अर्यालले गर्नुभएको थियो । महोत्सबमा कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै प्रत्येक वर्ष हुने महोत्सव बिहीवारदेखि सुरु भएको हो । महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, सुचना प्रविधी, अटो मोबाईल्स प्रदर्शनीलगायत २८० स्टल रहेका छन ।
महोत्सवमा हेलिकप्टर मार्फत जिल्लाको सबै भन्दा अग्लो पर्यटकिय क्षेत्र देवचुली वरचुली डाँडाको अवलोकनका साथै नारायणी देखि पहाडि क्षेत्रको अवलोकन गर्न पाईने छ भने यसैगरी महोत्सवमा राष्ट्रिय लोकदोहोरी गित प्रतियोगिता, नवलपुर डान्स आईडल, अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता लगायत ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुकाचे बेजोड प्रूतुती पनि रहने छ । माघ २७ गतेसम्म चल्ने महोत्सवमा करिब ७ करोड रुपैयाँको आर्थिक कारोवार हुनेका साथै ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा २ सय ८० स्टलहरु रहने छन् ।