पाल्पामा बसले ठक्कर दिँदा एकको मृत्यु

67







गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले शुक्रबार बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काले जानकारी दिए ।


अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकमा हिँड्ने क्रममा विकलाई एक्कासी बसले ठक्कर दिएको हो ।


You might also like
Loading...