आन्तरिक मामिलामा हस्तक्षेप स्वीकारिन्नः रक्षामन्त्री

59












रामकुमार श्रेष्ठ
नवलपरासी, १८ माघ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले नेपाल सरकार कुनै पनि देशको आन्तरिक मामलामा बाह्यदेशको हस्तक्षेपको पक्षमा नरहेको बताएका छन् ।
शनिबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
भेनेजुयलामा अमेरिकाले गरेको हस्तक्षेप प्रति अध्यक्षबाट आएको वतmव्य र अमेरिकाले मागेको सरकारको आधिकारिक धारणाको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा बोल्दै उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले भने – अध्यक्षको वक्तव्यमा आएको कुराले केही भ्रम पैदा गरेको थियो तर पनि नेपाल सरकारका धारणा भनेको कुनै पनि देशको आन्तरिक मामलामा वाह्य हस्तक्षेप नहोस भन्ने हो ।
प्रेस चौतारी र प्रेस सेन्टर नवलपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्दकालका घटना तथा मुद्दाहरु मिलाउनका लागि सरकारले ऐन बताउने तयारीमा रहेको समेत बताए ।
त्यसैगरी उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता अमलममा नपरेको भई गृहकार्यमा केही ढिलाई भएको बताए ।
यसैबीच रक्षा मन्त्री पोख्रेलले विगतमा गठन भएका आयोगहरु, विभिन्न खाले सम्झौताहरु सबैलाई नै टेकेर चिकित्सा शिक्षा विधयक पास गरेको पनि बताए ।



You might also like
Loading...