माघे औंषीमा त्रिवेणीमा ५ लाख बढीले स्नान गरे

133












प्रेमचन्द रौनियार,

नवलपरासी, २१ माघ ।


पूर्वी नवलपरासीको त्रिवेणीमा माघे औंषीमा पाँच लाख बढी भक्तजनहरुले स्थान गरेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने नारायणी नदी, सोना भद्रा र पूर्ण भद्रा नदीको संगम त्रिवेणीमा माघे औंषी स्थान गर्न नेपाल लगायत भारतका विभिन्न स्थानहरुबाट भक्तजनहरु आउने गर्दछ ।

उहाँ माघे औषीमा ३ दिन अघिदेखि मेला लाग्ने गर्दछ । माघे औषीमा सोमबार त्रिवेणीमा नेपाल भारतका गरी ५ लाख बढी भक्तजनहरुले स्नान गरेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए ।

मेला भर्नका लागि रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, चितवन, हिटौडा, वारा, पर्सा, तनहुँ र भारतको वगाहा, वेतियाँ, मोतिहारी, गोरखपुर, देवरियाँ, वस्ती, महराजगञ्ज, जिल्ला लगायतको ठाउवाट लाखौं श्रद्धालु भक्तजनहरु स्नानका लागि आएका थिए ।

मेला व्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीको अध्यक्षतामा ३५ सदस्यीय मुल समिति बताइएको थियो ।

त्यसैगरी यहाँ सुरक्षा व्यवस्थाका लागि ३ सय जनपथ तथा सशस्त्र प्रहरी ७० जना स्वयम्सेवकहरु प्रिचालन गरिएको थियो ।

ट्राफिक व्यवस्थापन चुनौती

त्रिवेणीमा स्नान गर्नका लागि भक्तजनहरु आएका सवारी साधनका चाप बढी भएपछि ट्राफिक व्यवस्थापन चुनौतीको रुपमा देखिएको थियो ।

यहाँ सोमबार ३० हजार बढी बस, १० हजार बढी टेक्टर र ७० हजार बढी मोटरसाइकल आएको स्थानीय पत्रकार एवम् स्थानीय बासिन्दा प्रेमचन्द रौनियारले बताए । जसले गर्दा बाटो घण्टौंसम्म जाँम हुँदा भक्तजनहरुले निक्कै सास्ती खेप्नु परेको थियो ।

यहाँ दुई तिन दिन अघिदेखि नै मेला भर्न तथा स्नान गर्न भक्तजनहरु आउने हुनाले पार्टी पौवा बाटो घाटोमा रातको समयमा आगो ताप्ने व्यवस्था समेत मिलाइएको थियो ।

१० लाख बढी राजश्व संकलन

भारतबाट स्थान गर्न त्रिवेणी आएका भक्तजनहरुले ल्याएको सवारी साधनको करबाट मात्रै १० लाख बढी राजश्व संकलन भएको छ । त्रिवेणीमा ठूलो भन्सारको मान्यता पाएको तर काम गर्न नसकेको भन्सार छ ।

त्रिवेणी भन्सारबाट मात्रै सोमबार १० लाख बढी राजश्व संकलन भएको भन्सारका कर्मचारीले जनाएका छन् ।

यसैबीच मेलामा आएका सवारी साधनको पार्कि·मा बढी लिएको भक्तजनहरुले गुनासो गरेका थिए ।

यहाँ गाउँपालिकाले पार्कि· शुल्क उठाउन ठेक्का लगाएको थियो । ठेकेदारले बससँग प्रतिबस बढीमा ६ सय रुपैया शुल्क उठाउनु पर्नेमा १२ सय देखि २ हजार रुपैयाँसम्म र मोटरसाइकलको बढीमा २० रुपैयाँ लिनु पर्ने ठाउँमा ५० रुपैयाँसम्म लिएको गुनासो भक्तजनहरुले गरेका थिए ।



You might also like
Loading...