सिनेटमा ट्रम्पलाई झड्का, सिरिया र अफगानबाट सेना फिर्ता बाेलाउने निर्यण अस्वीकृत

70












२३ माघ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई अाफ्नै पार्टीबाट नराम्राे धक्का लागेकाे छ।
सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरु नै उभिए पछि उनलाई नराम्राे धक्का लागेकाे हाे ।
अमेरिकी राष्ट्रपतिकाे निर्यण विरूद्धकाे प्रस्ताव अमेरिकी सिनेटले भारी बहुमतबाट पारित गरेको छ ।
यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरे । ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पार्टीभित्रको गम्भीर मतभेदको रुपमा समाचार एजेन्सीहरुले चित्रण गर्न थालेका छन्।

सिनेटमा रिपब्लिकन नेता मिच म्याकनेलले प्रस्ताव पेश गरेका थिए । उनले गत हप्ता भनेका थिए, ‘सिरिया र अफगानिस्तानमा अल कायदा, आईएसआईएस र तिनीहरुसँग सम्बद्ध संगठन हाम्रो राष्ट्रका लागि गम्भीर खतरा बनेका छन् भन्ने तथ्यलाई स्पष्ट रुपमा प्रस्तावमा राखिने छ ।’
यो प्रस्ताव भारी बहुमतबाट पारित भएकाे हाे। प्रस्तावको पक्षमा ७० र विपक्षमा २६ मत खसेको थियो । सदनमा ५३ रिपब्लिकन उम्मेदवारमध्ये केबल तीन जनाले यसको विरोध गरेका थिए ।
अब यो संशोधनलाई दक्षिण पश्चिम एशियाका लागि एक व्यापक सुरक्षा कानुनमा समावेश गरिने छ ।
प्रस्तावमा सिरिया वा अफगानिस्तानमध्ये कुनै एउटा देशबाट मात्र पनि अमेरिकी सेना फिर्ता बोलाइएमा बडो मुस्किलले प्राप्त सफलता सक्ने र अमेरिकाको राष्ट्रिय सुरक्षा नै खतरामा पर्न सक्ने उल्लेख छ ।
गत डिसेम्बर महिनामा ट्रम्पले ट्वीटरमार्फत अमेरिकाका २ हजार सैनिक सिरियाबाट फिर्ता बोलाउने योजना सार्वजनिक गरेका थिए । यसमा ट्रम्पको तर्क के थियो भने इस्लामिक स्टेट समूहमाथि विजय हासिल भइसकेकाले अब अमेरिकी सेना बसिरहनु आवश्यक छैन ।
तर, हालै अमेरिकी गुप्तचर एजेन्सीका अधिकारीहरुले जिहादी समूह आफ्नो प्रभाव फैलाउने कोशिसमा रहेको र यो गम्भीर खतरा बन्न सक्ने सूचना दिएका थिए ।




You might also like
Loading...