लुम्बिनी  कलेजमा शाेधपत्र लेखन


लुम्बिनी  अादर्श डिग्री कलेज कावासेातिमा अाज एम एड दाेस्राे वर्षमा अध्धययनरत विद्यार्थी हरुकाे लागि शाेधपत्र लेखन कार्यक्रम सम्पन्न भएकाे छ ।




कलेज शिक्षा विभाग प्रमुख अर्जुन पाैडेलकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि कलेज प्रमुख बाबुराम राना मगर रहनुभएकाे थियाे । यसै गरि विशेष अतिथिमा शिक्षाविद् प्रध्यापक डक्टर विद्या नाथ काेईराला रहनुभएकाे थियाे । ८४ जना विद्यार्थी सहभागी कार्यक्रम प्ररध्यापक श्रिराम शर्मा नेपालले सन्चालन गर्नुभएको थियाे ।

शाेधपत्र लेखनको क्रममा धेरै विद्यार्थी हरु विषय वस्तु उठानमा अल्मलिने गरेको बताउनुहुदै शिक्षाविद प्रध्यापक डा. विद्या नाथ काेईरालले समान्य समाजिक र व्यवहारिक वस्तुमा अनुसन्धान गर्न उपयुुक्त हुने सुझाव दिनुभएकाे थियाे । त्यस्तै विद्यार्थीले अाफुले अनुसन्धान गर्ने विषयवस्तुकाे उपलव्धताकाे  सहज पहुच हुनुपर्ननेमा पनि ध्यान दिनुपर्ने जाेड दिनुभएको थियाे ।







सम्बन्धित
Loading...