आर्गेनिक खेती तालिम समापन





कावासोती । नवलपुरको कावासोती नगरपालिका ४ हसौरामा रहेको श्रीकुमारी निजी शैक्षिक गुठीको आयोजनामा भएको निशुल्क सात दिने आर्गेनिक खेती तालिम सकिएको छ ।
अग्यौली सामुदायिक स्रोत पुस्तकालयको सहआयोजना रहेका तालिममा आर्गनिक तरकारी खेतीको महत्व, यसको फाइदा र रासायिनक विषादीले मानव शरीर र वातावरणमा पार्ने नोक्सानी बारे किसानहरुलाई जानकारी गराइएको कुमारी निजी शैक्षिक गुठीका योजना तथा लेखा प्रमुख दीपकलाल श्रेष्ठले बताए ।


डण्डामा भएको तालिममा माटोमा खाद्यतत्वको कमीले लाग्ने रोगहरुको बारेमा पनि जानकारी गराइएको थियो ।
तालिममा सहभागीहरुलाई घरेलु बिषादी बनाउने बारेमा प्रयोगात्मक रुपमा समेत जानकारी गराइएको थियो ।
तालिममा गुठीका कृषि प्राबिधिक मित्रलाल श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
तालिमको समापन कार्यक्रम पुस्तकालयका सचिब बद्री नेपालको अध्यक्षता तथा गुठीका अध्यक्ष नर बहादुर ठाडाको प्रमुख आतिथ्यता भएको थियो ।
तालिममा सहभागीहरुले तालिम अत्यन्तै उपलब्धीपूर्ण भएको र तालिममा सिकेका ज्ञानलाई ब्यबहारिक जीवनमा लागु गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।







सम्बन्धित
Loading...