गैडाकोटको उद्योग वाणिज्य संघलाई जिल्ला उद्योग वाणिज्य संघको मान्यता

154












दाउन्ने न्यूज
नवलपरासी (गैडाकोट, २७ माघ) ।
गैडाकोटमा रहेको उद्योग वाणिज्य संघले जिल्ला उद्योग वाणिज्य संघको मान्यता पाएको छ ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम नै गरी यसको घोषणा गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउने प्रमुख माध्यम कृषि र पर्यटन रहेको बताएकी छिन् ।
उद्योग वाणिज्य संघ पूर्वी नवलपरासी जिल्ला संघ गैडाकोटको भवन शिलान्यास तथा जिल्ला संघ घोषणा एवम् चौथो साधारण सभाको आइतबार उद्घाटन गर्दै राणाले नेपालमा कृषि र पर्यटन उद्योगको प्रचुर सम्भावना रहेकाले नीजि क्षेत्रले यिनै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सके नेपाल समृद्धिको बाटोमा अगाडि बढ्ने बताए ।
नेपालमा उद्योग व्यवसाय संचालन गर्न राष्ट्रिय अन्तराष्ट्रिय उद्योगी व्यवसायीहरु अग्रसर भएपनि उचित वातावरण अझै नभएको उनको जिकिर थियो ।
गैडाकोटमा जिल्ला उद्योग वाणिज्य संघको भवन शिल्यान्यास समेत गरिएको छ ।
नेपालमा उद्योग संचालन गर्ने थुप्रै सम्भावना रहे पनि उचित वातावरण नभएको र बैङ्कको ब्याजदर दिनप्रतिदिन बढ्दा व्यवसायीहरु अगाडी बढ्न नसकेको राणाको भनाइ छ । अहिले बित्तिय क्षेत्रमा एक किसिमको ठूलो संकट आईरहेको राणाले बताए ।
उनले पछिल्लो समय महिलाहरु पनि उद्योग व्यवसायमा संलग्न भई नीजि क्षेत्रको विकास र प्रबद्र्धनमा लागेकाले महिला उद्यमी व्यवसायीका लागि तीनै तहको सरकारले प्राथमिकतामा राखेर नीति तथा योजना र बजेट छुट्याउन समेत आग्रह गरे ।

उद्योग व्यवसायमा सक्रिय महिलाहरुका लागि सहुलियसंगै सम्मान र कदर गरेर उनीहरुमा हौसला प्रदान गर्न समेत आवश्यक रहेको राणाको भनाइ छ ।


यसैबीच, महासंघ अध्यक्ष राणाले जिल्ला संघको भवन निर्माण गर्न एक लाख एक रुपैयाँ रकम व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गर्नुै भएको छ ।
गैंडाकोट नगरपालिका स्तरीय उद्योग वाणिज्य संघ गैडाकोटलाई स्तर उन्नती गर्दै जिल्ला संघ स्थापना गरिएको छ । राणालेनै जिल्ला संघको घोषणा गरेका हुन् ।
गैंडाकोट नगरपालिका ४ स्थित खेलकुद मैदान नजिकै भवन निर्माण गर्न लागिएको छ । भवन निर्माणका लागि स्थानीय समाजसेवी व्यक्तित्वहरुले जग्गा समेत सहयोग गरेका छन् ।
सोही कार्यक्रममा गैंडाकोट क्षेत्रका ६ जना उत्कृष्ट उद्योगी व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।



You might also like
Loading...