नवलपुरमा ट्यांकरले ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

112







नवलपरासी, २९ माघ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा दुध बोक्ने ट्याक्टरले गएराति मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका २ निवासी मोटर साइकल चालक ४० वर्षीय युवराज घिमरे र सोही ठाउँ वस्ने मोटरसाकलमा पछि सवार ३५ वर्षीय पिताम्बर पाठक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी लिलाराज लामिछानेले दिएको जानकारी अनुसार गएराति कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ ख ९१५८ नम्बर को दुघ बोक्ने ट्यांकरले लु २८ प २०३१ नम्बरको मोटर साईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते दुवै जनाको डण्डाको सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ट्यांकर र ट्यांकर चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको छ ।


You might also like
Loading...