सबै कम्यूनिष्टहरू एक हुनु पर्छ: किशन शर्मा

58







नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), नवलपुरले पनि २४ अाैं जनयुद्ध दिवश मनाएकाे छ । कावासाेती १६ स्थित अग्याैली सामुदायिक पुस्तकालयकाे सभाहलमा २४ अाैं जनयुद्ध दिवशकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम भएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि ने क पा का केन्द्रीय सदस्य किशन शर्मा गैह्रेले देशभरिका सबै कम्यूनिष्टहरू एक हुनु पर्ने बताएका छन् । माेहन बैद्य नेतृत्वकाे ने क पा क्रान्तिकारी माअाेवादी, विप्लव नेतृत्वकाे ने क पा, माेहन विक्रम सिंह, सिपि मैनाली लगायतले नेतृत्व गरेकाे कम्यूनिष्ट पार्टीहरू एक हुनु पर्ने बताएका हुन् ।


याे परिवर्तनकाे निम्ति जनयुद्ध, जनअान्दाेलनमा बलिदान दिएका शहिदहरूलाई सम्मान गर्दै उनिहरूले देखाएका बाटाेलाई अङ्गाल्नु पर्ने बताएका छन् ।

गण्डकी प्रदेश सांसद राेशन गाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्व सांसद तथा ने क पा गण्डकी प्रदेश सदस्य चन्द्रमणी खराल र कृण्ण पाैडेलले शुभकामना मन्तव्य राखेका थिए । प्रदेश सदस्य सुष्मा खनालकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सहजीकरण प्रदेश सदस्य धनप्रसाद सापकाेटाले गरेका थिए।


You might also like
Loading...