घुम्नलायक विश्वका उत्कृष्ट शहरको पाँचौं नम्बरमा काठमाडौं
काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरको सूचीमा काठमाडौं पाँचौ नम्बरमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरको सूचीमा काठमाडौं पाँच नम्बरमा परेको हो ।
लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१५ को भूकम्पपछि विस्तारै पुरानै अवस्थामा फर्किन थालेको, क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनस्र्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको, ध्वनी प्रदुषण समस्या समाधान गरेको, भरपर्दाे बिजुली सेवा, वाईफाईको सुविधाजस्ता कारण देखाउँदै विश्वको उत्कृष्ट पाँचौं नम्बरमा राखेको हो ।
पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन, दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ । यसैगरी, छैठौं, सातौं, आठौं, नवौं र दसौंमा क्रमशः मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्को परेको छ ।