पोखरामा जारी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा नवलपुरलाई ९ स्वर्ण





कावासोती । पोखरामा जारी प्रदेश स्तरीय छनौट खेलकुद प्रतियोगितामा नवलपुरलाई ९ वटा स्वर्ण जितेका छन् ।
फाल्गुन ३ गतेबाट पोखरामा शुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय छनौट प्रतियोगितामा नवलपुरले एथलेक्टिस विधाका १८ वटा स्वर्ण मध्ये ९ वटामा स्वर्ण पदक हात पारेका छन् ।
त्यसैगरी अहिलेसम्म सकिएको प्रतियोगिताहरुमा नवलपुरले ५ वटामा द्वितीय र ६ वटामा तृतीय स्थान हात पारेका छन् ।
न्वलपुरका लागि कल्पना श्रेष्ठले ३ र प्रकाश राना मगरले ३ स्वर्ण प्राप्त गरेका छन् । त्यसैगरी विनोद थनेतले २ र डोलमाया महतोले एउटा स्वर्ण पदक जितेका छन् ।


प्रतियोगितामा खेलाडि लिएर गएका खेल शिक्षक निराजन महतोका अनुसार कल्पना श्रेष्ठले छात्रातर्फको १ सय मिटर दौड, ४ सय मिटर दौड, र छात्रातर्फकै २ सय मिटर दौडमा स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै प्रकाश राना मगरले छात्रतर्फको १ सय मिटर दौड, २ सय मिटर दौड र त्रिपलजम्पमा स्वर्ण पदक जितेका हुन् ।
विनोद थनेतले सटफुट र डिस्कस थ्रोमा स्वर्ण जितेका छन् भने नवलपुरकै डोलमाया महतोले १० किलोमिटर दौडमा स्वर्ण जितेका छन् ।
प्रदेश स्तरीय छनौट प्रतियोगिता फाल्गुन २५ गते सकिने छ भने प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट प्रथम भएका खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागी हुन पाउने छन् ।
छनौट चरणमा अहिले टेबलटेनिस, हेण्डबल, आइटिएफ, फुटबल, भविबल, क्रिकेट लगायतका खेलहरुको छनौट चरण चलिरहेको छ ।







सम्बन्धित
Loading...