देशभक्त जनगणतान्त्रिक मोर्चाको मेची–महाकाली अभियान भोलिबाट

127












काठमाडौं, ६ फागुन । सत्ता र सरकारको नाममा भएको भ्रष्टाचार, कालोबजारी, हत्याहिंसा, बलात्कारी जस्ता विषयहरुको भण्डाफोर गर्दै सरकार विरुद्ध जनमत तयार गर्न देशभक्त जनणतान्त्रिक मोर्चा नेपालले फाल्गुन ७ अर्थात मंगलबारबाट मेची महाकाली अभियान शुरु गर्दैछ ।
अभियान एकैसाथ देशका ४ स्थानबाट हुने छ । देशभक्त जनणतान्त्रिक मोर्चाका अनुसार झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डाचौकी, कास्कीको पोखरा र काठमाडौंको शान्ति बाटिकाबाट एकसाथ अभियानको उद्घाटन गरेर अभियान शुरु गरिने छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले केन्द्रीय समितिको नेतृत्वमा ‘मेची–महाकाली अभियान सफल पारौं, अग्रगामी विकल्पको तयारी गरौ ’ भन्ने आव्हानका साथ मेची–महाकाली अभियानको सुरु गर्न थालेको हो । फागुन ७ देखि शुरु हुने अभियान फाल्गुन २१ गते सम्म चल्ने छ ।
अभियानको काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले, झापाको काँकडभिट्टामा देजमोका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले, कञ्चनपुरको गड्डाचौकीमा देजमो सचिव परि थापाले र कास्कीको पोखरामा मोर्चाका सचिवालय सदस्य तथा ४ नं. प्रदेश संयोजक केशबहादुर परियारले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई लिएर पुरानो दलाल पुँजीवादी सत्ता, व्यवस्था र संविधानको भण्डाफोर गर्दै त्यसको विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाको आवश्यकता र त्यसको लागि नयाँ जनवादी क्रान्तिको तयारीका विषयमा जनतामा जागरण ल्याउने उद्देश्यसहित सुरु गर्न लागिएको यो अभियानमा मोर्चाको नेतृत्वमा क्रान्तिकारी माओवादीले आफ्नो सिंगो शक्तिलाई केन्द्रित गरी परिचालन गर्दैछ ।
ऋभियानमा जिल्ला तहका नेतादेखि केन्द्रिय तहका नेताहरुका लागि पार्टीको मोर्चाका सबैलाई परिचालन गरिने छ ।
अभियानको खास उद्देश्य राष्ट्रियताको पक्षमा जनजागरण अभियान सञ्चालन गर्ने हो ।
भारतीय पक्षबाट भएका अतिक्रमित भूभागहरुको अध्ययन÷अवलोकन, कोणसभा, अन्तक्र्रिया, गोष्ठी, सहिद तथा वेपत्ता परिवार, घाइतेहरुसँग भेटघाट लगायतका कार्यक्रमहरु गरिने छ । अभियानको समापन २१ गते चितवनमा समापन गरिने छ ।
चार स्थानबाट एकैसाथ शुरु हुने अभियानमा हरेक दिन विभिन्न स्थानमा कोण सभा गर्दै अगाडि बढ्ने छ ।

अभियानको बारेमा जानकारी गराउन महेन्द्रनगरमा पत्रकार सम्मेलन


धनन्जय अवस्थी
कञ्चनपुर ६ फागुन ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले फागुन ७ गते मंगलबारबाट थाल्ने मेची महाकाली अभियानको बारेमा जानकारी गराउन सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरिएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कञ्चनपुरको आयोजनामा पत्रकार सम्मेलन सम्पन्न गरिएको हो ।
पत्रकार सम्मेलनमा देशमा दलाली भस्टाचार मैलाएको र भारतले नेपाली सीमामा नेपाली भूमि पटक पटक अतिक्रमण गरेको विरोधमा अभियान थालिने बताइएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नम्बर ७ का संयोजक रामबहादुर केसीले अभियानको पश्चिममा महेन्द्रनगरको गडडाचौकीबाट दिउँसो १२ बजे गरिने बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंगलबार महेन्द्रनगरको झलारी बजारमा कोणसभा गरिने छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष बिष्णुराम दमाईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादी पार्टी फ्रयाक्सन इन्चार्ज राम श्रीस, नेकपा क्रान्तिकारी माओवादीका सात नम्बर प्रदेश संयोजक चन्द्र हरि सुवेदी अटल लगायतको सहभागिता रहेको थियो ।



You might also like
Loading...