न्यायाधीश दीपकराज जोशीले राजीनामा दिए


काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् ।
यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।
त्यसपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी समेत खोसेका थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।







सम्बन्धित
Loading...