मिठाइको प्रलोभन दिई ७ बर्षीया बालिका बलात्कार गर्ने पक्राउ


नवलपरासी, ७ फागुन ।
पश्चिम नवलपरासीमा सात बर्षीया बालिका बलात्कार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र्र थापाका अनुसार सुस्ता गाउँपालिका १ बनदेवी निवासी ५७ बर्षीया केवल चमारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले ७ बर्षीया बालिकालाई मिठाई किनीदिन्छु भन्दै प्रलोभन देखाएर आफ्नै घरको ट्वाइलेटमा लगेर जबरजस्ती गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चमारलाई प्रहरीले कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको छ । नवलपरासीमा मंगलबार विहान मात्रै एक जना महिला बलात्कारमा परेकी थिइन।



सम्बन्धित
Loading...