कावासोतीमा २० जनालाई ह्वील चियर वितरण

702












कावासोती, ७ फागुन ।
अन्तराष्ट्रिय ह्वील चियर दिवशको अवसरमा नवलपुरका २० जना अपाङ्ग भएका व्यक्तिहरुलाई कावासोतीमा ह्वील चियर वितरण गरिएको छ ।
कावासोती ८ मा रहेको अपाङ्गता पुनस्र्थापना केन्द्र र अपाङ्गता समन्वय परिषद नवलपरासी, रोटरी क्लब अफ कावासोतीको संयुक्त आयोजनामा ह्वील चियर वितरण गरिएको हो ।



सागर लुइटेलको अध्यक्षता कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय अपागंता पुनस्र्थापना केन्द्रका केन्द्रीय उपाध्यक्ष सुगम भट्टराई, रोटरी क्लबका अध्यक्ष भरत पोखरेल, कावासोती ८ का वडा सदस्य देवि प्रसाद पौडेल लगायतले बोलेका थिए ।
ल्याटर डे सेन्ट च्यारिटिस नामक संस्था, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाको सहयोग ह्वील चियर वितरण गरिएको थियो ।



You might also like
Loading...