राजीनामा दिँदैमा कारबाहीबाट उम्किँदैनन्: प्रधानमन्त्री


७ फागुन, डडेल्धुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदैमा अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठक कारबाहीबाट नजोगिने बताएका छन् ।




चमेलिया जलविद्युत् आयोजना अन्र्तगत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२/३३/११ केभी सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अख्तियारका सदस्यहरु समेत करबाहीबाट उम्किन  राजीनामा दिएर भाग्नुपर्ने अवस्थामा छ । तर, कोही पनि कारबाहीबाट उम्कन पाउँदैनन् ।’

७८ लाख रुपैयाँ घुस लिउको सार्वजनिक भएपछि अख्तियारका तत्कालीन आयुक्त पाठकले हालै मात्र राजीनामा दिउका थिए ।




प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गरेका छन् ।

मंगलबार डडेल्धुरा पुगेका उनले भने ‘सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती मेरै कार्यकालमा निर्माण सुरु हुन्छ, विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्ने छौं ।’

प्रधानमन्त्री ओलीले डडेल्धुराको अमरगढी नगरपालिका १ दूधकाँडेमा निर्माण भएको स्याउलेमा सवस्टेशनको उद्घाटन गरेका छन् । १३२/३३ सवस्टेशन सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज हुने भएको छ ।

प्रधानमन्त्री ओलीले सवस्टेसनले सुदूरपश्चिमको विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने बताए ।




सम्बन्धित
Loading...