प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिताः नवलपुरले आईटिएफमा पनि जित्यो ४ स्वर्ण

108







नवलपुर, ७ फाल्गनु ।
पोखरामा जारी प्रदेश स्तरीय छनौट खेलकुद प्रतियोगिता अन्तर्गत नवलपुरका खेलाडीहरुले आईटिएफतर्फ पनि ४ स्वर्ण पदक जितेका छन् ।
यस अघि नवलपुरकै खेलाडीहरुले एथलेक्टिक्सतर्फ ९ स्वर्ण पदक जितेका थिए । आइटिएफ तेक्वान्दो संघ नवलपुरका अनुसार पोखरामा जारी आठौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय छनौट प्रतियोगितामा नवलपुरले तेक्वान्दोतर्फ ४ वटा स्वर्ण पदक हात पारेको हो ।
नवलपुर आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विर कुँवरका अनुसार नवलपुरले प्रतियोगितामा आइटिएफतर्फ ४ स्वर्ण, १ रजत र ५ वटा कास्य पदक जितेका छन् ।
नवलपुरका लागि शाहिल गुरुङले ७०–७५ तौल समूहमा र गोविन्द बहादुर महतोले ७५–८० किलो तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।
त्यसैगरी महिलातर्फ ५०–५५ किलो तौल समूहमा थारुले र ६०–६५ केजी तौल समूहमा लिला कुमारी महत्तोले स्वर्ण पदक जितेका हुन ।
प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट स्वर्ण पदक जितेका खेलाडीहरु नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागी हुन पाउने छन । छनौट चरणमा अहिले टेबलटेनिस, हेण्डबल, आइटिएफ, फुटबल, भविबल, क्रिकेट लगायतका खेलहरुको छनौट चरण चलिरहेको छ ।



You might also like
Loading...