मध्यविन्दु नगरपालिकाको अम्ररामा एनसेलको टावर ध्वस्त

211












नवलपरासी, १० फागुन ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ अम्ररामा एनसेलको टावर ध्वस्त भएको छ । शुक्रबार राति नौ बजेतिर ऐन सेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
नवलपुर प्रहरीको अनुसार विस्फोटबाट ऐनसेलको टावर ध्वस्त भएको हो । विस्फोट पछि आगो लागेको ऐनसेलको टावरको आगो नियन्त्रणमा आइसकेको छ तथापि उक्त टावर काम गरेको छैन ।
शुक्रबार एक्कासी देशका विभिन्न स्थानमा एनसेलको टावरमा वमविस्फोट तथा आगलागीको घटना भएका छन् । नवलपुर क्षेत्रमा भने शुक्रबार साँझ ५ बजेदेखि एनसेलको नेटवर्कले काम गर्न छाडेको हो ।

टावर कसले र किन ध्वस्त पारेको थाहा नभर्एको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




You might also like
Loading...