नख्खुस्थित एनसेल अगाडि बम बिस्फोट, तीन घाईते


ललितपुर । ललितपुरको नख्खु भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगााडी अज्ञात समुहले बम बिस्फोट गराएको छ ।
प्रहरीका अनुसार राति ८ बजेको समयमा भएको बिस्फोटमा परी कार्यालय बाहीर पैदल हिँडिरहेका तीन जना पैदल यात्री घाईते भएको छन ।




घाईतेहरुको बिएन्डबी अस्पताल, मेडिसिटी र अल्का अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता तथा एसएसपी उत्तमराज सुबेदीले जानकारी दिए ।

घाईते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल रहेका छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर रहेको र उनको जवालाखेल स्थित अल्का अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकोे छ ।




बम बिस्फोटनका बारेमा प्रहरीले अनुसन्धान भईरहेको बताएको छ । त्यस्तै कमलपोखरी स्थित आँगन रेष्टुरेन्ट अगााडी समेत शंकास्पद बस्तु फेला परेको थियो । शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
बिहीबार मात्र बागलुङका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको थिया ।

आगजनी बाट बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

टावरमा कसले के प्रयोजनका लागि आगलागी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए ।




सम्बन्धित
Loading...