नक्खु बम विस्फोटमा घाइते गुरुङको मृत्यु
शुक्रबार राति नक्खु एनसेल टावरमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए ।
अन्य दुईजना घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको मेडिसिटी अस्पतालमा नै उपचार भइरहेको छ । शुक्रबार देशका विभिन्न ठाउँमा एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो ।