कराँते खेलाडीलाई ट्रयाकसुट प्रदान




नवलपरासी, ११ फागुन ।
नवलपुरको कावासोती नगरपालिका १० मा रहेको आर्शिवाद एग्रो फिड्स इन्ड्रस्टिजले शनिबार जिल्ला खेलकुद विकास समितिलाई २७ थान ट्रयाकसुट हस्तान्तरण गरेको छ ।
आर्शिवाद एग्रो फिड्स इन्ड्रस्टिजले जिल्ला खेलकुद विकास समिति मार्फत कराँते विधाबाट प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई उक्त ट्रयाक सुट हस्तान्तरण गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले बताए ।


जिल्ला खेलकुद विकास समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका अध्यक्ष विकास कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा आर्शिवाद एग्रो फिड्स इन्ड्रस्टिजका बलराम ढकाल र ओमप्रकाश तिवारीले संयुक्त रुपमा अध्यक्ष केसीलाई ट्रयाक्सुट हस्तान्तरण गरेका थिए । उक्त ट्रयाक्सुट अध्यक्ष केसीले खेलाडीहरुलाई प्रदान गरेका थिए ।
निराजन महतोको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका मदेनीलाल पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।
नवलपुरबाट कराँतेका विभिन्न विधामा १४ जना खेलाडीहरु तनहुँको दमौलीमा फागुन १६ गते हुने खेलाडी छनौट प्रतियोगितामा सहभागी हुने कराँतेका प्रमुख प्रशिक्षक भगवान गुरुङ (सुबास) ले बताए ।
कार्यक्रममा ट्रयाक्सुट सहयोग गर्ने एग्रो फिड्स इन्ड्रस्टिजका बलराम ढकाल र ओमप्रकाश तिवारीलाई संयुक्त रुपमा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा कबड्डी प्रशिक्षक मोतिराम पनेरु, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु, कराँते खेलाडीहरु लगायतका सहभागिता रहेको थियो ।






सम्बन्धित
Loading...