एनसेल लक्षित विष्फोट तथा आगजनीमा संलग्न रहेको शंकास्पद १६ पक्राउ

79












काठमाडौं । विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले देशभरबाट १६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाडौं उपत्यकाबाट ६ जना र काठमाडौं बाहिरबाट १० जना पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
ललितपुरको नख्खुमा भएको विष्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको शनिबार उपचारको क्रममा मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।
त्यसैगरी काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, नवलपुर, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ ।

प्रहरीले रुपन्देहीबाट नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका जिल्ला सदस्य जसवन्त थारुलाई उनकै घरमा सुतिरहेको अवस्थामा रुपन्देहीको भैरहवाबाट पक्राउ गरेको नेकपाले जनाएको छ।


बम बिष्फोटका घाइतेलाई गृहमन्त्रीले भेटे, सरकारले निःशुल्क उपचार गरिदिने

गृहमन्त्री रामबहादुर थापाले शनिबार उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटमा भएका घाइते र उनीहरुका आफन्तलाई भेटेका हुन् । उनले घाइते र आफन्तलाई भेटेर दोषीलाई कानुनको कठघरामा ल्याउने बताए ।
मन्त्री थापा घाइते र उनका आफन्तलाई भेट्न मेडिसिटी अस्पताल पुगेका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल गएका थिए ।

 



You might also like
Loading...