आजबाट हिन्दु र मुस्लिमको आस्थाको केन्द्र बिन्दु मदरबाबा मेला शुरु

191







श्याम थापा   

नवलपरासी (सुस्ता), १२ फागुन ।
हिन्दु र मुस्लिम दुवै धर्मको आस्थाको केन्द्र मानिने मदरबाबा मेला आजबाट शुरु हुँदै छ ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ को महलबारीमा लाग्ने मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
मदार स्थानमा बर्सेनी लाग्ने मदरबाबा मेलामा यस बर्ष आज आइतबारबाट शुरु भएको छ ।
मेलामा नेपालको नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही र कपिलवस्तु विभिन्न जिल्लाहरु र भारतको बिहार, युपी, दिल्ली, महाराष्ट्र र भारतको अन्य राज्यबाट गरी १० लाख बढी भक्तजनहरु मेला भर्नका लागि आउने गर्दछन् ।
कुतबुल मदरशाह दरगाह कमिटी सुस्ता २ महलबारीका अध्यक्ष निजामुदिन मियाका अनुसार मेला भर्न आउने भक्तजनहरुको लागि खानेपानी, शौचालय, गाडी पार्किङ, निशुल्क औषधि, शान्ति सुरक्षा र रात्री बासको व्यवस्थापन मेलाइएको छ ।
यो मेला भक्तजनहरुले करोडौं भेटी चढाउने गर्दछन् तर भेटीको सदुपयोग नभएको भनेर बर्षेनी विवाद उत्पन्न हुने गर्दछ । मेलामा आउने भक्तजनहरुलाई विभिन्न सामग्रीहरु खरिद गर्नका लागी मदरबाबा मेलामा सानो ठुलो गरी करिब ३ हजार पसलहरु व्यवस्थान गरिएको कुतबुल मदरशाह दरगाह कमिटी महलबारीका सचिव अज्मुदिन अन्सारीले बताए ।
सुस्ता २ महलबारी देखी करिब ९ किलोमिटरमाथि मदारी डाडामा रहेको मजारको दर्शन गर्दा निसन्तान दम्पतीको सन्तान हुने, शरीरमा रहेको विभिन्न रोगहरु निको हुने र भुत प्रेत जस्ता लागेको निको भन्ने जनविश्वास रहेको छ ।



You might also like
Loading...