पाल्हीनन्दनमा निशुल्क स्वास्थ्य शिविर


रामकरण हरिजन, परासी ।
नवलपरासीको पाल्हीनन्दन गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर भएको छ ।
पाल्ही नन्दन वाड न ४ पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र लोहरौलीमा भएको निशुल्क स्वास्थ्य शिविरको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले गरेका थिए ।
शिविर पाल्हीनन्दन ४ का वडा अध्यक्ष सँजय कुमार पाठकको अध्यक्षतामा भएको थियो ।
सिद्धार्थ अस्पताल भैरहवाका डा. सुवेद कुमार पाण्डे, डा. महेश राज घिमिरे, डा. विवेक ज्ञवाली, डा. अमीत कुमार जेैसवाल, डा. दिपक कुमार पटेल लगायतको टोलीको स्वास्थ्य टोलीले शिविरमा आउने विरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा दुई हजार बढी विरामीहरुले स्वास्थ्य जाँच गराएका थिए भने उनीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको अर्जुन पौडेलले जानकारी दिए ।



सम्बन्धित
Loading...