फाइनलमा कास्कीलाई १९ रनले पराजित गर्दै प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा नवलपुर विजयी

303







रामकुमार श्रेष्ठ
नवलपरासी, १२ फागुन ।
फाइनलमा कास्कीलाई १९ रनले पराजित गर्दै नवलपुर जिल्लाले प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताका उपाधि जितेको छ ।
आइतबार कास्कीमा भएको फाइनल खेलमा नवलपुरले टस जितेर व्याटिड्ड रोजेको थियो । नवलपुरले २० ओभरको खेलमा पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४२ रन जोडेको थियो ।
१ सय ४३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कास्की पुरै २० ओभर खेले पनि ६ विकेटको क्षतिमा जम्मा १ सय २३ रनमा मात्र जोड्न सफल भएको थियो ।
आइतबारको फाइनल खेलमा विजयी भएसँगै नवलपुरको क्रिकेट टिम आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएको छ ।
नवलपुरले १ सय ४२ रन जोड्दा नवलपुरका लागि मन्जिल न्यौपानेले नटआउट खेल्दै ३५ बलमा ३० रन जोडेका थिए । त्यसैगरी नवलपुरका लागि आकाश थापाले २७, किशोर महतोले २५, पवन थापाले १८ र राहुल शर्मा उपाध्यायले १४ रन लिएका थिए ।
त्यस्तै नवलपुरका लागि किशोर महतो र राजेश लम्सालले २, २ विकेट लिए भने विशाल पौडेल र आकाश थापाले १, १ विकेट लिए ।
कास्कीका खेलाडी सुमन घिमिरे र अनिल गुरुङले ३६, ३६ रन जोडेका थिए भने मेखबहादुर सेनले नटआउट खेल्दै १५ बलमा २८ रन जोडेका थिए ।
कास्कीका लागि सन्तोष न्यौपानेले ३ विकेट र गोविन्द प्रधान, मेखबहादुर सेन र अमृत गुरुङले एक, एक विकेट लिएका थिए ।
कास्की समूह ए बाट फाइनलमा पुगेको थियो भने नवलपुर समूह बी बाट फाइनलमा प्रवेश पाएको थियो ।


You might also like
Loading...