मगर दिवसमा शैक्षिक संस्थामा विदा माग


नवलपुर । नेपाल मगर संघ पूर्वी नवलपरासीले आगामी फाल्गुन १५ पर्न गएको ३७ औँ मगर एकता दिवसको दिन शैक्षिक सँस्थाहरुमा बिदा दिन आव्हान गरेको छ ।
संघले मगर समुदायका विद्यार्थीहरुलाई पनि मगर दिवस मनाउन सहज बनाउने उद्देश्य अनुरुप जिल्ला स्थित बिद्यालय तथा क्याम्पसमा बिदा दिन माग गरेको हो ।
सोमबार प्रेस बिज्ञप्ति मार्फत मगर समुदाय नेपालको एक प्रमुख समुदाय भएको र यस समुदायको साझा तथा छाता संगठन नेपाल मगर संघ स्थापना भएको दिनका रुपमा हरेक फागुन १५ लाई मगर एकता दिवसका रुपमा मनाउने प्रचलन रहेको जनाइएको छ ।
पछिल्लो जनगणना अनुसार ७ दशमलब एक दुइ प्रतिशत तथा एनजिओ हरुले गरेको सर्बेक्षण अनुसार १२ प्रतिशत जनसँख्या रहेको मगर समुदायको नवलपुर क्षेत्रमा पनि सघन बसोबास रहेकोले यस समुदायले मनाउने एकता दिवसका दिन सम्पुर्ण सँघ सँस्था तथा मगर एवम गैर मगर समुदायलाई आत्मसात गरी मगर एकता दिवस मनाउन सहज बाताबरण निर्माण गरिदिन पनि बिज्ञप्तिमा अनुरोध गरिएको छ ।
प्रेस विज्ञप्तीमा नेपाल मगर संघ पुर्बी नवलपरासीका अध्यक्ष ईन्द्र फाल मगर , सँगठन सचिव शत्रुघन थापा मगर तथा नेपाल मगर विद्यार्थी संघ नवलपरासीका अध्यक्ष टोप वहादुर राना मगरले हस्ताक्षर गरेका छन् ।







सम्बन्धित
Loading...