जहदाको रत्नकुमारी माध्यामिक विद्यालयको स्वर्ण महोत्सव

106












परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदामा अवस्थित नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयले ३ दिवशीय विविध कार्यक्रम गरि आफ्नो स्वर्ण महोत्सव मनाएको छ ।
विद्यालयले गत फागुन ११ गते देखि विभिन्न कार्यक्रमको साथमा स्वण महोत्सव मनाईरहेको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र काफ्लेको संयोजकत्वमा कार्यक्रम भएको थियो ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देव बहादुर चौधरीको अध्यक्षता भएको कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद दिपेन्द्रकुमार अधिकारी, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, वरिष्ठ कलाकार टिका पहारी लगायतले विद्यालयलाई शुभकामना दिएका थिए ।
सांसद अधिकारीले अहिलेको शिक्षाले शैक्षिक क्षेत्रमा कुनै विकास नहुने बताउँदै प्रतिस्पर्धामा जान सकिने गरी समय अनुसार शिक्षा क्षेत्रमा परिवर्तन गर्नु पर्नेमा जोड दिए ।



कार्यक्रममा चन्दादाता एवं समाजसेवी मनोज कार्की, वडा नम्बर १३ का वडाध्यक्ष नर बहादुर चौधरी, समाजसेवी निमानन्द न्यौपाने, अनिल गौण, दाउन्नेदेवी माविका प्रधानाध्यापक चिरञ्जिवी खनाल, पूर्व विद्यार्थी रामजी शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा विद्यालयको प्रथम ब्याट्च २०४४ सालमा एसएलसीमा सहभागी हुने १४ जना पुर्व विद्यार्थी, विद्यालयलाई योगदान पुर्याउने चन्दादाता, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयको समस्त गतिविधिलाई समेटिएको विद्यालयको स्वर्ण स्मारिका समेत विमोचन गरिएको थियो ।
३ दिनसम्म संचालन भएको स्वर्ण महोत्सव समारोहमा विद्यालयका शिक्षक, शिक्षिका, विद्यालय ब्यवस्थापन समितिका सदस्य, अभिभावक, विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, जप्रतिनिधि, सञ्चारकर्मी लगायत शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो ।
२०१३ सालमा स्थापना भएको यस विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि विभिन्न ब्यक्तित्वहरुबाट एक करोड भन्दा बढिको सहयोग प्राप्त भएको महोत्सव आयोजक समितिका सचिव एवं प्रवक्ता सविन पाठकले जानकारी दिए ।



You might also like
Loading...