भियतनाममा पक्राउ किम र ट्रम्प !
उत्तर कोरियाका नेता किम जङ्-अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले सोधपूछ गरेको छ।
किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देखिन रसेल ह्वाइटलाई प्रहरीले हपारेको छ। ती दुईले हनोइमा नेताहरूको बैठकको नक्कल गरेका थिए। सोधपूछ पश्चात् दुवैजनालाई प्रहरीले रिहा गरिदिएको छ।
समाचार संस्था एएफपीसँग बोल्दै दुवैजनाले आफूहरूलाई त्यहाँबाट निकालिदिने धम्की आएको बताए। किम जङ्-अनको नक्कल गर्ने हावर्ड एक्स खासमा हंगकंगका बासिन्दा हुन्।
हावर्ड र ह्वाइटले भियतनामको राजधानी हनोइमा एउटा नक्कली शिखरसम्मेलनको आयोजना गरेका थिए। उनीहरूले उत्तर कोरियाको परमाणु महत्त्वाकांक्षा कम गराउनु आफ्नो उद्देश्य भएको बताएका थिए।