भारतीय वायुसेनाविरूद्ध ‘कारबाही’ गरेको पाकिस्तानी सेनाको दाबी

125












भारतीय वायुसेनाले पाकिस्तानी आकाशमा घुसपैथ गरेको भन्दै पाकिस्तानी सेनाले कारवाही गरेको जनाएको छ ।
भारतीय वायुसेनाले भारत-पाक नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीट गर्दै – मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने कोसिस गरेका थिए । त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको जनाएका छन् ।
उनले ट्वीटमा भनेका छन्, “भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।”
उनले गरेको ट्वीट अनुसार भारतीय वायुसेना भाग्दै गर्दा हडबडाएर केही बम पाकिस्तानको बालाकोट नजिकै खसाले पनि त्यसबाट कुनै पनि हाताहाती भएको छैन ।

भारत र पाकिस्तानबीच पुलवामा आक्रमणपछि तनावको स्थिति रहेका बेला पाकिस्तानको यस्तो दाबी सार्वजनिक भएको बीबीसीले जनाएको छ।


४ फेब्रुअरीका दिन भएको हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षाबललाई खुला छुट दिएको बताएका थिए।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमाथि हमतला भए जबाफी कारबाही गर्ने बताएका थिए।



You might also like
Loading...